एजेन्सी । इण्डियन वेल्स मास्टर्स टेनिसको सेमिफाइनलमा स्विस खेलाडी रोजर फेडेरर र स्पेनिस राफायल नाडाल भिड्ने भएका छन् ।
अमेरिकाको क्यालिफोर्नियामा भएको क्वाटरफाइनलमा चौथो वरियताका फेडेररले हुबर्ट हुर्काजलाई ६-४ र ६-४ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन् ।
अब २० पटकको ग्राण्डस्लाम बिजेता फेडेररले दोस्रो वरियताका नाडालसंग खेल्नेछन् ।
नाडालले रुसका कारिन काचानोभलाई हराएर सेमिफाइनलमा स्थान बनाएका हुन् ।
३ पटकको च्याम्पियन नाडालले काचानोभलाई ७-६ (७-२) ७-६ (७-२) को सेटमा पाखा लगाए ।
योसंगै नाडाल र फेडेरर सन् २०१७ पछि पहिलो पटक प्रतिस्पर्धा गर्ने भएका छन् । पछिल्लो पटक दुई बीच सांघाई ओपनमा प्रतिस्पर्धा भएको थियो । जुन खेल फेडेररले जितेको थियो ।