नाडाल र फेडेरर चौंथो चरणमा
बुधबार, फागुन २९, २०७५खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस राफायल नाडाल र स्विस खेलाडी रोजर फेडेरर इण्डियन वेल्स मास्टर्स टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।
अमेरिकाको क्यालिफोर्नियामा बुधबार भएको तेस्रो चरणमा नाडालले डिएगो स्वार्टम्यानलाई पराजित गरे । दोस्रो वरियताका नाडालले स्वार्टम्यानलाई ६-३ र ६-१ को सेटमा पाखा लगाए ।
३ पटकको च्याम्पियन नाडालले चौंथो चरणमा सर्बियाका फिलिप क्राजिनोभिकसंग खेल्ने छन् ।
यस्तै चौथो वरियताका फेडेररले स्टान वावरिन्कालाई ६-३ र ६-४ को सेटमा पराजित गरे ।
अब फेडेररले बेलायतका केली एडमण्डसंग खेल्ने छन् ।
महिलातर्फ भेनस विलियम्सले अन्तिम आठको यात्रा तय गरेकी छिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)








