भेनस इण्डियन वेल्सको चौंथो चरणमा
मंगलबार, २८ फाल्गुण २०७५खेलपाटी संवाददाता

एजेन्सी । अमेरिकी महिला खेलाडी भेनस विलियम्स इण्डियन वेल्स टेनिसको चौंथो चरणमा प्रवेश गरेकी छिन् ।
क्यालिफोर्नियामा मंगलबार भएको खेलमा क्रिस्टिना म्याकहेललाई पराजित गर्दै विलियम्स चौथो चरणमा पुगेकी हुन्। विलियम्सले क्रिस्टिनामाथि ६-२ र ७-५ को जित निकालिन ।
३८ बर्षीय विलियम्सले अब चौंथो चरणमा मोना बार्थेलसंग प्रतिस्पर्धा गर्ने छन् ।
पुरुषतर्फ वरियताका एलेक्जेन्डर जेभरेभ जान लेन्नार्ड स्ट्रुफसंग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् । जेभरेभलाई स्ट्रुफले ६-३ र ६-१ ले हराए ।
अब स्ट्रुफले चौंथो चरणमा मिलोस रावनिकसंग खेल्ने छन् ।





-1776255486335.jpeg&w=3840&q=75)




-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)

