काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल सिप्यानले उपचाररत पुर्व क्रिकेट खेलाडी बासुदेव थापालाई आर्थिक सहयोग गर्ने भएको छ । संघको बुधबार काठमाडौमा बसेको चौथो साधारण सभाले उपचाररत पुर्व क्रिकेट खेलाडी बासुदेवलाई ५० हजार रुपैयाँ सहयोग दिने निर्णय गरेको हो ।
साधारण सभाले खेलाडीको हकहीत र कल्याणकारी कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ ।
सभाले महासचिव पारस खड्काको प्रगति प्रतिवेदन तथा भावी योजना र कोषाध्यक्ष पृथु बास्कोटाको आर्थिक आयव्यय विवरण सर्वसम्मत पारित गरेको छ ।
बैठकले दीपेन्द्र चौधरी र सुभाष खकुरेलको स्थानमा शक्ति गौचन र ज्योति पाण्डेलाई सर्वसम्मत रुपमा नियुक्त गर्ने निर्णय गरेको छ ।