काठमाडौं । प्रदेश नम्बर ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलहरु चैत १६ गतेबाट सुरु हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिब केशब कुमार बिष्टले सोमबार आठौं राष्ट्रिय खेलकुदको खेलहरु चैत १६ बाट सुरु हुने बताएका हुन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको एक कार्यक्रममा सदस्यसचिव बिष्टले प्रतियोगिता यसै बर्षभित्र सक्ने गरी आयोजना हुने बताए ।
यस्तै सदस्यसचिब बिष्टले प्रतियोगिताको उद्घाटन मिति केहि दिनमा तय हुने बताए । बिष्टले उद्घाटन र समापन चैत अन्तिम हुन सक्ने समेत बताए ।