काठमाडौं । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ बाट टेबलटेनिस खेलाडी छनोट भएका छन् ।
प्रतियोगिताको लागि समान ५–५ पुरुष/महिला गरी १० खेलाडी छनोट भएको आयोजक प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाए ।
छनोट हुने खेलाडीमा ललितपुरका खेलाडीको वर्चस्व रहेको छ । १० मध्ये ललिपुरबाट मात्र ८ खेलाडी छनोटमा परे । काठमाडौं र भक्तपुरबाट १–१ खेलाडीले प्रदेश ५ मा हुने राष्ट्रिय खेलकुदमा स्थान पक्का गरे ।
पुरुषमा छनोट भएका पाँचै खेलाडी ललितपुरका छन् । संयोग कपाली, रितिज जोशी, कपुर शर्मा, विपुल महर्जन र एलेक्स महर्जन ललितपुरका हुन् ।
महिलामा सुस्मिता खड्का, निकिता कस्ती, मन्जु सुवाल, लस्ता महर्जन र अनुस्का प्रसाईं छानिए । सुस्मिता र मन्जु क्रमशः काठमाडौं र भक्तपुरका हुन् भने बाँकी ३ ललितपुरका हुन् ।