फेडेरर शतकीय उपाधि नजिक
शनिबार, १८ फाल्गुण २०७५खेलपाटी संवाददाता

एजेन्सी । स्विस खेलाडी रोजर फेडेरर दुबई ड्युटी फ्री टेनिस च्याम्पियनसिपको उपाधि नजिक पुगेका छन् ।
शुक्रबार राति भएको सेमिफाइनलमा क्रोएसियाका बोर्ना कोरीकलाई पराजित गर्दै फेडेरर उपाधि नजिक पुगेका हुन् ।
फाइनल प्रवेश गर्ने क्रममा दोस्रो वरियताका फेडेररले कोरिकलाई ६-२ र ६-२ को सोझो सेटमा पराजित गरे ।
योसंगै फेडेरर शतकीय उपाधिको नजिक समेत पुगेका छन् । फाइनलमा फेडेररले ग्रिसका स्टेफानोस टिस्टीपाससंग खेल्नेछ ।
उक्त फाइनल जिते फेडेररले करियरको १०० औं उपाधि उचाल्ने छन् ।





-1776255486335.jpeg&w=3840&q=75)




-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)

