काठमाडौं । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ को टेबल टेनिस छनोट मंगलबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं प्रदेश ३ खेलकुद परिषद्का संयोजक सुदिल शाहीले टेबलटेनिसका मुख्य प्रशिक्षक विनोद शाक्यलाई खेल सामाग्री हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे ।
छनोट प्रतियोगितामा १३ जिल्लाका ४१ पुरुष र २९ महिला खेलाडी सहभागी छन् । दुवैतर्फ सहभागीलाई ८ समूहमा बाँडेर लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
५–५ पुरुष÷महिला खेलाडीले राष्ट्रिय खेलकुदमा सहभागिताको अवसर पाउने छन् । छनोट शुक्रबारसम्म चल्ने छ ।