काठमाडौं । पिङ्काथन हाफ म्याराथनको तेस्रो संस्करणको उपाधि कान्छिमाया कोजुले जितेकी छिन् । निर्धारित दुरी एक घण्टा २१ मिनेट ४४ सेकेन्डमा पुरा गर्दै कान्छिले उपाधि उचालेकी हुन् । उपाधिसंगै उनले ५१ ह्जार रुपैयाँ प्राप्त गरिन् ।
प्रतियोगिताको तीनै संस्करण जित्दै कान्छिले उपाधिमा ह्याट्रिक गर्न सफल भएकी छिन् ।
राजपुरा पछाई दाेस्रो भईन् । उनले निर्धारित दुरी १ घण्टा २४ मिनेट ३३ सेकेन्डरमा पुरा गरिन् । पुष्पा भण्डारी तेस्रो भईन् । उनले निर्धारित दुरी १ घण्टा २७ मिनेट ३० सेकेन्डमा पुरा गरिन् ।
दोस्रो भएकी राजपुराले ३१ र तेस्रो भएकी पुष्पाले २१ हजार रुपैयाँ प्राप्त गरे ।
त्यस्तै १० किलोमिटर स्पर्धामा सन्तोषी श्रेष्ठ पहिलो भईन् । चन्द्रकला रावत दोस्रो र सरस्वती कठायत तेस्रो भईन् । पहिलो भएकी सन्तोपीले ३१ हजार, दोस्रो चन्द्रकलाले २१ ह्जार र तेस्रो सरस्वतीले ११ हजार रुपैयाँ प्राप्त गरिन् ।
५ किलो मिटर स्पर्धामा सामना कार्की पहिलो, फुलमती राना दोस्रो र काजल विष्ट तेस्रो भए । सो पहिलो भएकी सामनाले ११ हजार रुपैयाँ हात पारिन् ।
३ किलो मिटर स्पर्धामा सानुका थापा पहिलो भईन् । स्वस्तिका श्रेष्ठ दोस्रो र प्रतिमा कार्की तेस्रो भईन् ।
भारतीय अभिनेता मिलिन्द सोमनले सुरु गरेको पिङ्काथन भारतमा निकै लोकप्रिय छ । भारतका विभिन्न सहरमा आयोजना हुदै आएको प्रतियोगिता सन् २०१७ बाट नेपालमा समेत सुरु गरिएको हो ।