काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको सचिवमा कृष्णप्रसाद देवकोटा आएका छन् । पर्यटन मन्त्रालयमा रहेका सापकोटालाई मन्त्रीपरिषद्को बैठकले युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको हो ।
अवकासको मिति नजिकिदै गर्दा सचिव देबकोटालाई खेलकुदमा सरुवा गरिएको हो ।
पछिल्लो समय नेपाल वायु सेवा निगमको जहाज खरिद प्रकरणमा देवकोटा मुछिएका थिए । संसदको सार्वजनिक लेखा समितिले सचिव देवकोटालाई निलम्बन गर्न सिफारिस गरेको थियो ।
यस्तै, खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ ।