काठमाडौं । सफल पोखरा म्याराथनको उपाधि विभागीय टिम आर्मीका हरि रिमालले जितेका छन् । निर्धारित दुरी २ घण्टा ४० मिनेट १० सेकेन्डमा पार गर्दै उनले उपाधि जितेका हुन् । उनले उपाधिसंगै १ लाख रुपैयाँ प्राप्त गरे ।
एपीएफमा खिमबहादुर खत्री दोस्रो भए । उनले निर्धारित दुरी २ घण्टा ४० मिनेट २० सेकेन्डरमा पुरा गरे । तेस्रो बनेका पुलिसका भुमी राज राईले २ घण्टा ४१ मिनेट १७ सेकेन्डरमा लक्ष्य पुरा गरे ।
खिमबहादुरले ७० हजार र भुमीले ५० हजार रुपैयाँ जिते ।
त्यस्तै १० किलो मिटरतर्फ पुरुषमा रन्जि बस्नेत पहिलो भए । उनले निर्धारित दुरी ३५ मिनेट ३८ दशमलव ८८ सेकेन्डमा पुरा गरे । दोस्रो भएका राजन रोकायाले ३५ मिनेट ०४ दशमलव ७७ सेकेन्डरमा पुरा गरे । खिमबहादुर रायमाझी तेस्रो भए । उनले निर्धारित दुरी ३६ मिनेट ४२ दशमलव १० मा पुरा गरे ।
सोही स्पर्धाको महिला बिधामा राजपुरा प्रसाई प्रथम भईन् । उनले निर्धारित दुरी ४१ मिनेट ३४ दशमलब ५७ सेकेन्डरमा पुरा गरिन् । बिन्द्रा श्रेष्ठ दोस्रो भईन् । उनले निर्धारित दुरी ४२ मिनेट ३० दशमलव १६ सेकेन्डमा पुरा गरिन् । तेस्रो भएकी सरिता बासीले ४४ मिनेट ४२ दशमलव १५ मा पुरा गरिन् ।
दुवै स्पर्धाका विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गरे ।