काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारी सचिवालयका प्रमुख कमल खनालले सागको तयारी सुन्य अवस्थामा रहेको बताएका छन् ।
नेपाल गणतान्त्रिक खेलकुद महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको राष्ट्र निर्माणमा खेलकुदको भुमिका सम्बन्धि अन्तरक्रियामा खनालले सो कुरा बताएका हुन् ।
राष्ट्रिय खेलकद परिषद राखेपका वरिष्ठ अधिकृत समेत रहेका खनालले उद्वेश्य विहिन तरिकाले नेतृत्व अगाडी बढेमा सागमा सहयोग गर्न नसकिने धारणा राखे ।
‘सागको तयारीको हिसाबले हामी सुन्य अवस्थामा छौ ।’ उनले भने, ‘सहि ब्यक्ति सहि ठाउँमा नपुगेसम्म काम हुदैन ।’
सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता नेपालमा आयोजना गर्ने बताएपनि आवश्यक तयारी अघि बढाउन सकेको छैन । पुर्वाधारको काम अघि बढ्न नसक्दा आगामी महिना हुने भनिएको दक्षिण एसियाली प्रतियोगिता सर्ने पक्का जस्तै छ ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका पुर्व अध्यक्ष गणेश थापाले साग र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि दबाब दिन आवश्यक रहेको बताए ।
खेलकुदका नेतृत्वकर्ता तानाशाही ढङ्गले अघि बढ्न खोजेको बताउँदै थापाले दबाबमुलक कार्यक्रम आवश्यक रहेका उल्लेख गरेका हुन् ।
राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेलकुदलाई सुधार गर्ने अभियानमा आफु रहेको उल्लेख गर्दै अभियानमा साथ दिन आग्रह गरेका थिए । आसन्न आठौँ र साग प्रतियोगिता आयोजनाको सन्दर्भमा सरोकारवाला निकायसग छलफल गरि छिट्टै निर्णयमा पुग्ने उनले बताए ।