शनिबार, ०२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

ब्राजिल भर्सेस नर्वे : दुई उत्कृष्ट स्ट्राइकरबीचको भिडन्त

आइतबार, २१ असार २०८३खेलपाटी संवाददाता
ब्राजिल भर्सेस नर्वे : दुई उत्कृष्ट स्ट्राइकरबीचको भिडन्त
Loading ad...
mustang rice ad

ब्राजिल र नर्वेबीच हुने खेलदुई टोलीबीचको प्रतिस्पर्धा मात्र हुने छैन, विश्व फुटबलका दुई उत्कृष्ट स्ट्राइकरबीचको रोमाञ्चक भिडन्त पनि हुनेछ।

न्यूयोर्कको मेटलाइफ स्टेडियममा हुने यस खेलमा ब्राजिलका भिनिसियस जुनियर र नर्वेका एर्लिङ हालान्ड पहिलो पटक राष्ट्रिय टोलीको जर्सीमा आमनेसामने हुँदैछन्।

ब्राजिल र नर्वेबीचको समग्र हेड–टु–हेड तथ्यांक ब्राजिलका लागि धेरै सहज छैन। तर‚ भिनिसियसको उपस्थितिले ब्राजिल समर्थकलाई आशावादी बनाएको छ। कारण क्लब फुटबलमा हालान्डविरुद्धको व्यक्तिगत प्रतिस्पर्धामा भिनिसियसको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ।

रियल मड्रिड र म्यानचेस्टर सिटीबीच पछिल्ला केही सिजनमा भएको च्याम्पियन्स लिगका खेलमार्फत यी दुई सुपरस्टार आठ पटक आमनेसामने भएका छन्।

ती आठ खेलमध्ये भिनिसियसले चार जित, दुई बराबरी र दुई हारको अनुभव गरेका छन्। यस अवधिमा उनले तीन गोल र पाँच असिस्ट गर्दै कुल आठ गोलमा प्रत्यक्ष योगदान दिएका छन्।

यता‚ हालान्डले रियलविरुद्ध चार गोल गरेका छन्। सन् २०२२–२३ को च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा सान्टियागो बेर्नाबेउमा १–१ को बराबरी हुँदा भिनिसियसले आकर्षक गोल गरेका थिए। तर‚ दोस्रो लेगमा म्यानचेस्टर सिटी ४–० ले विजयी हुँदै फाइनल पुगेको थियो। त्यस खेलमा भने हालान्ड गोल गर्न असफल भएका थिए।

त्यसपछिको सिजन क्वार्टरफाइनलमा फेरि भेट हुँदा रियल मड्रिडले पेनाल्टी सुटआउटमार्फत सिटीलाई बाहिरिएको थियो। त्यस चरणमा दुवै खेलाडीले गोल गर्न सकेनन्।

२०२४–२५ सिजनमा प्लेअफ चरणको पहिलो खेलमा म्यानचेस्टर सिटीले ३–२ को जित निकाल्दा हालान्डले दुई गोल गरेका थिए। त्यसपछि लिग चरणमा सिटीको २–१ को जितमा पनि उनले एक गोल थपेका थिए।

तर‚ २०२५–२६ सिजनको अन्तिम–१६ मा भने रियलले फेरि सिटीमाथि वर्चस्व जमायो। इतिहाद स्टेडियममा २–१ को जित निकाल्दा भिनिसियसले दुवै गोल गरे। हालान्डले सिटीका लागि एक गोल फर्काए पनि प्रशिक्षक पेप ग्वार्डिओलाको टोलीलाई प्रतियोगिताबाट बाहिरिनबाट जोगाउन सकेनन्।

दुवै खेलाडी अहिले प्रतियोगिताका शीर्ष गोलकर्ताको दौडमा पनि छन्। भिनिसियसले चार गोल गरेका छन् भने हालान्ड पाँच गोलसहित अघि छन्।

अन्तिम–१६ को यस महत्त्वपूर्ण भिडन्तपछि कसको गोल संख्या बढ्छ र कसको यात्रा यहीँ टुंगिन्छ भन्ने चासो सबैमा छ। निश्चित रूपमा विश्व फुटबलका यी दुई स्टारमध्ये एकको प्रतियोगिता यात्रा यही खेलपछि समाप्त हुनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एनभीएलका मार्की खेलाडी घोषणा

एनभीएलका मार्की खेलाडी घोषणा

सुपर ओभरमा नेपालको हार

सुपर ओभरमा नेपालको हार

उसुको एसियाड तयारी चीनमा हुने

उसुको एसियाड तयारी चीनमा हुने

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित