एन्जीको कप्तानीमा लुम्बिनीले खेल्ने
सोमबार, १८ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। एन्जी पाठकको कप्तानीमा लुम्बिनी प्रदेशको यु–१९ महिला क्रिकेट टोली घोषणा गरिएको छ।
लुम्बिनी प्रदेश क्रिकेट संघले राष्ट्रिय यु–१९ महिला क्रिकेट प्रतियोगिताका लागि सोमबार १४ सदस्यीय टोली सार्वजनिक गरेको हो।
टोलीको कप्तानी एन्जीले गर्नेछिन् भने आस्ना चौधरी उपकप्तान रहेकी छन्। युनिशा सारु मगरलाई विकेटकिपरको जिम्मेवारी दिइएको छ।
टोलीमा ऋतु रावल, कस्तुरी गौचन, युनिशा सारु मगर, आशिका भट्टराई, पूर्णिमा डाँगी, एन्जी पाठक, आयुषा भुसाल, आस्ना चौधरी, सुप्रिया बुढामगर, योजना थापा, बिमला पुन मगर, क्रिष्टी पाण्डे, सिर्जना खड्का र समीक्षा खत्री समावेश छन्।
यस्तै, मुना बुढा, जयन्ती चन्द, इक्रा हसन र सुषिता घर्तीमगरलाई ‘रिजर्भ’ खेलाडीका रूपमा राखिएको छ। टोलीका प्रशिक्षक सञ्जु केसी र टिम म्यानेजर विष्णु पाठक (इशु) रहेका छन्।














