सन्दीप, दीपेन्द्र र कुशलले लंका प्रिमियर लिग खेल्ने
सोमबार, १८ जेठ २०८३खेलपाटी संवाददाता
-1780329376544.jpeg&w=3840&q=75)
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले लंका प्रिमियर लिग (एलपीएल) खेल्ने भएका छन्।
श्रीलंकामा सोमबार भएको खेलाडी ड्राफ्टमार्फत अलराउन्डरद्वय कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीसँगै लेग स्पिनर सन्दीप लामिछाने लिगमा अनुबन्ध भएका हुन्। सन्दीप र दीपेन्द्रलाई एसोसिएट स्टार्स क्याटेगोरीबाट जाफ्ना किंग्सले अनुबन्ध गरेको हो।
सन्दीपलाई जाफ्ना किंग्सले २० हजार अमेरिकी डलर (करिब ३० लाख नेपाली रुपैयाँ) मा आफ्नो टोलीमा भित्र्याएको हो। दीपेन्द्रलाई भने १५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो।
यता, ओपनर कुशल भने कोलम्बो काप्समा अनुबन्धित भए। उनी पनि १५ हजार डलरमा बिकेका हुन्।














