फेरि चम्किए वैभव
शुक्रबार, १५ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। राजस्थान रोयल्सका विस्फोटक ओपनिङ ब्याटर वैभव सूर्यवंशीले फेरि एक पटक उत्कृष्ट प्रदर्शन गरे र गुजरात टाइटन्सविरुद्धको क्वालिफायर–२ खेलमा अर्धशतक बनाउन सफल भए।
यससँगै वैभवले आईपीएलमा एक हजार रन पूरा गरेका छन्। उनी सबैभन्दा कम इनिङ्समा एक हजार रन पूरा गर्ने दोस्रो ब्याटर हुन्। वैभवले प्रतियोगितामा २३ इनिङ्समा एक हजार रन पूरा गरे। यद्यपि, वैभव लगातार दोस्रो खेलमा शतक बनाउनबाट चुके। उनले यसपल्ट ४७ बलमा आठ चौका र सात छक्काको मद्दतले ९६ रन बनाए।
वैभवबाहेक लेन्डल सिमन्सले पनि २३ इनिङ्समा आईपीएलमा एक हजार रन पूरा गरेका छन्। आईपीएलमा सबैभन्दा छिटो एक हजार रनको कीर्तिमान शन मार्शको नाममा छ। उनले २१ इनिङ्समा यो उपलब्धि हासिल गरेका थिए।











-1787661904658.jpeg&w=3840&q=75)

