बंगलादेश र भारत सेमिफाइनलमा
बिहिबार, १४ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। साबिक विजेता बंगलादेश र भारत साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन्।
बिहीबार सम्पन्न समूह ‘बी’को पहिलो खेलमा बंगलादेशले माल्दिभ्सलाई ४–२ ले पराजित गर्दै बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरेको हो।
योसँगै माल्दिभ्स दुवै खेलमा पराजित हुँदै जारी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो। माल्दिभ्स पहिलो खेलमा भारतसँग ११–० ले पराजित भएको थियो।
अब यी दुई टोलीले समूह ‘ए’को विजेता र उपविजेतासँग खेल्ने छ। यो समूहमा भुटान शीर्ष स्थानमा छ।
भुटान पहिलो खेलमा नेपालसँग १–० ले पराजित भएको थियो। तर, दोस्रो खेलमा श्रीलंकालाई ४–० ले पराजित गरेको थियो।
अब अन्तिम खेलमा श्रीलंकासँग नेपालले बराबरी खेले पनि समूह विजेता बनेर अन्तिम चारमा स्थान बनाउने छ।
यी दुईबीचको खेल आइतबार हुने तय छ।











-1787661904658.jpeg&w=3840&q=75)

