नेपाल एएफसी एसियन कप छनोटमा समूह ‘आई’मा
बिहिबार, १४ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाल एएफसी एसियन कप छनोटमा समूह ‘आई’मा परेको छ।
एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार विभाजन गरेको समूहमा नेपाल मंगोलिया, गुआम, नर्थ मारियाना आयरल्यन्डसँग परेको हो।
यो समूहको खेल मंगोलियामा २५ अगस्टदेखि ६ सेप्टेम्बरसम्म हुने तय छ।
नेपालले २८औंपल्ट छनोट खेल्न लागेको हो। नेपाल १९७१, १९७२, १८७४ र २००४ मा छनोट भएको थियो। यी सबै प्रतियोगितामा नेपाल पहिलो चरणबाटै आउट भएको थियो।











-1787661904658.jpeg&w=3840&q=75)

