एनएसएलको चौथो संस्करण आगामी ५ सेप्टेम्बरदेखि
-1779011280601.jpeg&w=3840&q=75)
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को चौथो संस्करण आगामी ५ सेप्टेम्बरदेखि सुरु हुने भएको छ।
एनएसएलका हालसम्मका तीनै संस्करण त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना भएका थिए। प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौं रेजर्स च्याम्पियन बनेको थियो। त्यसयता ललितपुर सिटी एफसीले लगातार उपाधिमाथि कब्जा जमाउँदै आएको छ।
आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले आइतबार यसपटक भने एनएसएललाई ‘होम एन्ड अवे’ फर्म्याटमा सञ्चालन गर्ने तयारी गरिएको बताइएको छ। यसपल्ट टोलीको संख्या १०–१२ पुर्याउने पनि बताइएको छ।
प्रतियोगिताको पहिलो संस्करणमा सात टोली सहभागी भएका थिए। त्यसपको दुई वर्षपछि आयोजित दोस्रो संस्करणमा वीरगञ्ज युनाइटेड एफसी र स्पोर्ट्स इलाम डे मेची एफसी थपिएसँगै टोली संख्या नौ पुगेको थियो।
तर, तेस्रो संस्करणमा यी दुई टोलीले सहभागिता जनाएनन् र प्रतियोगिता पुनः सात टोलीमै सीमित भएको थियो।












