अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध
बिहिबार, ०३ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर अञ्जन विष्ट सिक्किमको क्लब थन्डर बोल्ट्स नर्थ युनाइटेडमा अनुबन्ध भएका छन्।
नेपाली राष्ट्रिय टोलीको जर्सीमा १३ गोल गरेका अञ्जनको यो पाँचौं तथा तेस्रो भारतीय क्लब हो। २७ वर्षीय अञ्जनले यसअघि भारतको केन्क्रे एफसी र रियल कश्मिरबाट खेलिसकेका छन्। बंगलादेशको फोर्टिस एफसी र ब्रदर्श युनाइटेडबाट पनि उनले खेलेका छन्।
अञ्जन पछिल्लो समय न्युरोड टिम (एनआरटी)मा अनुबन्ध थिए। तर, राष्ट्रिय लिग बिचमै रद्द भएपछि उनी क्लबविहीन थिए।
थन्डर बोल्ट्सले सिक्किम प्रिमियर लिग खेल्दै आएको छ।











-1776431484410.jpeg&w=3840&q=75)

