नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

इलाम। नवौं मेयर भोजपुर गोल्डकप आगामी बैशाख ६ गतेबाट सुरु हुने भएको छ।
भोजपुर जिल्ला फुटबल संघको आयोजनामा भोजपुर नगरपालिका वडा नम्वर ७, कोदारमा रहेको रंगशालामा सञ्चालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ।
प्रतियोगितामा सातदोबाटो युथ क्लब ललितपुर, डिफेन्डिङ च्याम्पियन एपीएफ काठमाडौं, प्लानिङ बोइज युनाइटेड, एलएक्सी सिटी मोरङ, संखुवासभा–११, केपीलासगढी गाउँपालिका खोटाङ, दो गोर्खा फुटबल एकाडेमी उदयपुर र भोजपुर जिल्ला फुटबल संघको सहभागिता रहने छ।
प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालगायत विभिन्न विधामा समेत व्यक्तिगत पुरस्कारको व्यवस्था गरिएको भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रविण सुवालले जानकारी दिए।
आठौं संस्करणमा एपीएफले सातौं संस्करणको विजेता चर्च बोइज युनाइटेडलाई ४–० ले हराउँदै उपाधि जितेको थियो।






-1788059680773.webp&w=3840&q=75)





-1788105755828.jpeg&w=3840&q=75)

