बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फक्रिँदै क्वारात्स्खेलिया

बिहिबार, २६ चैत्र २०८२खेलपाटी संवाददाता
फक्रिँदै क्वारात्स्खेलिया
Loading ad...
mustang rice ad

काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले लिभरपुललाई २–० ले हराउँदा ओस्मान डेम्बेलेको प्रदर्शन सामान्य रह्यो। तर, ख्विचा क्वारात्स्खेलियाले फेरि एक उत्कृष्ट व्यक्तिगत गोल गर्दै टोलीलाई जित दिलाए।

बुधबार भएको च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा जर्जियाली स्टार क्वारात्स्खेलियाले दोस्रो हाफको मध्यतिर बाँया विङबाट कट गर्दै डिफेन्डर र गोलकिपरलाई छक्याएर सहज गोल गरे। यो प्रतियोगितामा उनको टोलीका लागि आठौं गोल हो।

खेलपछि उनले भने,‘हामीसँग थप गोल गर्ने अवसरहरू थिए। तर, २–० राम्रो नतिजा हो, हामीले अझै ध्यान केन्द्रित गर्नुपर्छ।’ डिफेन्डिङ च्याम्पियन पीएसजीलाई ११औं मिनेटमा डिजिरे डुएले अग्रता दिलाएका थिए।

उनको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो। बालोन डी’ओर विजेता डेम्बेलेले भने तीनवटा अवसर खेर फाले। पीएसजीका प्रशिक्षक लुइस एनरिकेले आफ्नो टोलीले अझ धेरै गोल गर्नुपर्ने बताएका छन्।

उनले भने, ‘हामीले निकै राम्रो खेल्यौं र अझ धेरै गोलको हकदार थियौं।’ साथै उनले लिभरपुलको रक्षात्मक रणनीतिप्रति आश्चर्य व्यक्त गर्दै भने, ‘आर्ने स्लोटको नेतृत्वमा यो सिजन उनीहरूले पहिलो पटक पाँच डिफेन्डरसहित खेले।’

लिभरपुलका प्रशिक्षक आर्ने स्लोटले आफ्नो टोली कमजोर देखिएको स्वीकार्दै सतर्क रणनीति अपनाउनुको कारण बताए। उनले भने, ‘पीएसजीको गति मैदानभरि छ। हामीले उच्च प्रेस गर्ने प्रयास गर्दा उनीहरूले हामीलाई सजिलै तोडिदिए।’

गत सिजन राउन्ड अफ १६ मा यी दुई टोली भिड्दा पीएसजीले पेनाल्टीमार्फत जित निकालेको थियो। यसपटक भने पहिलो लेगमै स्पष्ट अग्रता लिएपछि पीएसजीको काम सहज देखिएको छ।

यद्यपि, लिभरपुलले २०१९ को सेमिफाइनलमा बार्सिलोनाविरुद्ध पहिलो लेगमा ३–० ले पराजित भए पनि दोस्रो लेगमा ४–० ले जित निकाल्दै ऐतिहासिक ‘कमब्याक’ गरेको थियो।

अब दोस्रो लेग अर्को मंगलबार एन्फिल्डमा हुनेछ। लिभरपुलका कप्तान भर्जिल भान डाइकले भने, ‘एन्फिल्डमा धेरै विशेष रातहरू बिताएका छौं। हाम्रो समर्थकहरू नै हाम्रो शक्ति हुन् र फेरि उनीहरूले साथ दिने आशा छ।’

यस खेलमा लिभरपुलका नियमित गोलकिपर एलिसन घाइते भएकाले जर्जियाली गोलकिपर जियोर्जी मामार्दाश्भिलीले खेल जारी राखे। उनले पहिलो हाफमा डुएविरुद्ध उत्कृष्ट बचाउ पनि गरे।

डेम्बेलेले खेलभरि केही राम्रो चाल देखाए पनि निर्णायक क्षणमा चुक्दा टोलीले अझ ठूलो जित निकाल्ने मौका गुमायो। लुइस एनरिकेले भने, ‘हामी एन्फिल्डमा रक्षात्मक खेल्न जाँदै छैनौं। तर, त्यहाँ केही कठिन क्षणहरू आउनेछन् भन्ने थाहा छ।’

बुधबारकै अर्को क्वार्टरफाइनल खेलमा एट्लेटिको म्याड्रिडले बार्सिलोनालाई २–० ले पराजित गरेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

निरिह बार्सिलोना

निरिह बार्सिलोना

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा