मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

मंगलबार, २४ चैत्र २०८२खेलपाटी संवाददाता
उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने
Loading ad...
mustang rice ad

इलाम — तेस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिता बैशाख ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रेडहर्स एफसी र भारतको जर्जियन एफसीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

रेडहर्स फुटबल क्लबले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको खेल तालिका अनुसार यसपटक प्रतियोगितामा राष्ट्रिय लिगका ३ क्लबसहित कुल ८ टोलीको सहभागिता रहनेछ।

क्वाटरफाइनल अन्तर्गत बैशाख ६ गते फिदिम स्पोर्टिङ क्लब र रोलिङ क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ भने बैशाख ७ गते मछिन्द्र एफसीले मलेसियाको एन पेनाङ एफसीसँग खेल्नेछ। त्यसैगरी अन्तिम क्वाटरफाइनलमा बैशाख ८ गते डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र चित्लाङ एफसी आमनेसामने हुनेछन्।

प्रतियोगिता सम्पन्न गर्न करिब ७८ लाख १० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजकका सदस्य तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व केन्द्रीय सदस्य निरोज खड्गीले यस वर्ष नेपाली राष्ट्रिय टोलीका अधिकांश खेलाडी प्रतियोगितामा सहभागी हुने जानकारी दिए।

उनका अनुसार मलेसियाको एन पेनाङ एफसी प्रतियोगिताको मुख्य आकर्षण रहनेछ, जसमा केही नेपाली खेलाडीसहित युरोप, ब्राजिललगायत विभिन्न देशका खेलाडी सहभागी हुनेछन्।

यस वर्ष राष्ट्रिय खेलकुद परिषदको निर्णयअनुसार श्रम स्वीकृति लिएका विदेशी खेलाडीहरूले मात्र खेल्न पाउने व्यवस्था गरिएको छ। अघिल्ला संस्करणमा भने यस्तो नियम कडाइका साथ लागू गरिएको थिएन।

आयोजकले प्रतियोगितासँगै भविष्यका लागि खेलाडी उत्पादनमा समेत ध्यान दिने लक्ष्य लिएको जनाएको छ। खेलाडीहरूको बसोबास सहज बनाउन इलामका होटलहरूसँग सहकार्य गरिएको छ भने करिब १० हजार दर्शक अट्ने बाँसको अस्थायी प्यारापिट निर्माण भइरहेको छ।

प्रतियोगिताको मुख्य प्रायोजक गैरआवासीय नेपाली संघ (एनआरएनए) रहेको छ। पुरस्कार राशी यथावत् राखिएको छ—विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा