प्रीतिले क्यान्बोडियन लिग खेल्ने
मंगलबार, २४ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने भएकी छन्।
उनले प्रेह खान रीच स्वाय रिएङ एफसीसँग सम्झौता गरेकी हुन्। प्रीति यसअघि जोर्डनको लिगमा इतिहाद क्लबबाट खेलिरहेकी थिइन्।
एक सिजन बिताएकी उनले एक गोलसम्मेत गरेकी थिइन्। इतिहादमा रहँदा प्रीतिले महिला प्रो– लिग र जोर्डन महिला कप दुवै उपाधि जितेकी थिइन्।
प्रेह प्रीतिको तेस्रो विदेशी क्लब हो। प्रीतिले इतिहादबाहेक भारतको किक स्टार्ट्स क्लबबाट पनि इन्डियन वुमेन्स लिग खेलेकी थिइन्।
प्रेह सन् २०२० मा सुरु भएको क्याम्बोडियन महिला लिगको पहिलो संस्करणका संयुक्त विजेता हो। प्रीति क्याम्बोडिया पुगिसकेकी छन्।












