सिटी छाड्दै कप्तान सिल्भा

काठमाडौं। सिजनको अन्त्यसँगै म्यानचेस्टर सिटीबाट टोलीका कप्तान बर्नार्डो सिल्भा बाहिरिने भएका छन्।
३१ वर्षीय यी पोर्चुगाली स्टारले जुनमा सम्झौता सकिएपछि फ्री एजेन्टका रूपमा इतिहाद स्टेडियम छोड्ने निश्चित भएको हो।
२०१७ मा फ्रान्सेली क्लब एएस मोनाकोबाट सिटीमा आएका सिल्भा क्लब इतिहास निर्माण गर्ने मुख्य स्तम्भमध्ये एक मानिन्छ। २०२३ अगस्टमा अन्तिम पटक सम्झौता नवीकरण गरेका यी नै सिल्भाले अब नयाँ चुनौती खोज्दै क्लब छोड्ने निर्णय गरेका छन्।
सिटीबाट ४५० खेलमा १५३ गोलमा योगदान दिएका उनले ६ वटा प्रिमियर लिग उपाधि जितेका छन्। उनको बिदाइले सफल युगको अन्त्य संकेत गरेको छ।
सहायक प्रशिक्षक पेप लिजेन्डर्सले पेप ग्वार्डिओलाको अनुपस्थितिमा एफए कपमा लिभरपुलविरुद्ध ४–० को जित दिलाएका छन्। क्लबले सिल्भाको सिधा विकल्प नखोज्ने उनले बताएका छन्। उनका अनुसार टोलीमा परिवर्तन आवश्यक हुन्छ र सिल्भाजस्ता खेलाडीलाई एउटै खेलाडीले प्रतिस्थापन गर्न सम्भव छैन।
‘एउटा खेलाडीलाई उस्तै अर्को खेलाडीले प्रतिस्थापन गर्न सकिँदैन, किनकि त्यस्तो खेलाडी नै छैन। बर्नार्डो सिल्भा अनौठो प्रतिभावान् खेलाडी हुन्। खेल नियन्त्रण, मुभमेन्ट, बल रिसिभ गर्ने क्षमता, नेतृत्वलगायत सबैमा उनी फरक छन्। त्यसैले हामी सीधा विकल्प खोज्दैनौं, टोलीलाई आवश्यक अनुसार खेलाडी खोज्छौं,’ उनले भने।
हाल सिटीको कोचिङ स्टाफले खाली ठाउँ भर्न एकेडेमी र नयाँ युवा खेलाडीहरूतर्फ ध्यान दिइरहेको छ। तर, लिजेन्डर्सले यो परिवर्तन सजिलो नहुने बताएका छन्। सिल्भाजस्तो खेलाडी नहुँदा त्यसको असर तुरुन्तै देखिने उनको भनाइ छ।
‘हाम्रो एकेडेमी र युवा खेलाडीहरू अघि आउनेछन् भन्नेमा हामी आशावादी छौं। तर, उनीहरूले अझै धेरै सुधार गर्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा सिनियर खेलाडीलाई कायम राख्नु हो, ताकि टोलीको संरचना मजबुत रहोस्। उनी मैदानमा नभएको बेला नै उनको अभाव महसुस हुन्छ। एउटा खेलमै यस्तो हुन्छ भने पुरै सिजन कस्तो होला कल्पना गर्न सकिन्छ। तर, हरेक राम्रो कथाको अन्त्य हुन्छ,’ उनले भनेका छन्।
सिटीसँग अझै दुई उपाधि जित्ने अवसर बाँकी छ। यसमा सिल्भाको अनुभव महत्त्वपूर्ण हुनेछ। लिगमा आर्सनलभन्दा ९ अंकले पछाडि भए पनि सिटीले एक खेल कम खेलेको छ र एफए कपको सेमिफाइनलमा स्थान बनाइसकेको छ।
अन्तिम ६ हप्तामा सिटीको उपाधि दौड धेरै हदसम्म यस पोर्चुगाली स्टारमा निर्भर रहनेछ। त्यसपछि उनी फ्री एजेन्टका रूपमा नयाँ गन्तव्य खोज्नेछन्।







-1775446739231.webp&w=3840&q=75)




-1775383382132.jpeg&w=3840&q=75)