चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने
सोमबार, २३ चैत्र २०८२खेलपाटी संवाददाता

इलाम। चन्द्रगढी महिला गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक चन्द्रगढी युवा क्लबले सामाजिक सञ्जालमार्फत खेल तालिका सार्वजनिक गरेको हो।
आगामी ५ बैशाखदेखि हुने प्रतियोगिताको खेलतालिकाअनुसार उद्घाटन खेलमा पोखराको आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ।
-1775461992756.jpg)
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ। त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ। यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो। प्रत्येक खेलको ‘प्लेअर अफ दी म्याच’ले १० हजार रुपैयाँ पाउनेछ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले २५ हजार रुपैयाँ पाउनेछ।
प्रतियोगिता भद्रपुरको मेची रंगशालामा सञ्चालन हुनेछ।







-1775446739231.webp&w=3840&q=75)




-1775383382132.jpeg&w=3840&q=75)