बिहिबार, १९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

बिहिबार, १९ चैत्र २०८२खेलपाटी संवाददाता
लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत
Loading ad...
mustang rice ad

काठमाडौं। पोल्यान्डका कप्तान रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने संकेत दिएका छन्। टोली २०२६ विश्वकपका लागि छनोट हुन असफल भएको छ।

यससँगै पोल्यान्डका सर्वाधिक गोलकर्ताको युग समाप्त हुने सम्भावना देखिएको छ। ३७ वर्षीय स्ट्राइकर स्विडेनसँग ३–२ को हार बेहोरेपछि निकै निराश देखिएका थिए।

यो हारसँगै पोल्यान्ड विश्वकपबाट बाहिरियो। स्टकहोममा भएको उक्त प्लेअफ फाइनलको अन्तिम सिट्टी बजेसँगै पोल्यान्डको यात्रा टुंगिएको थियो। हारको केही घण्टापछि लेवान्डोव्स्कीले सामाजिक सञ्जालमा आफू मैदान छोड्दै गरेको तस्बिर सेयर गरेका थिए।

lewandowski 3

उक्त तस्बिरमा सारा ब्राइटम्यान र आन्द्रेआ बोसेलीको गीत ‘टाइम टु से गुडबाय’ राखिएको थियो। यसले उनको अन्तर्राष्ट्रिय सन्न्यासको संकेत दिएको रूपमा व्याख्या गरिएको थियो।

बार्सिलोना क्लबका स्ट्राइकर लेवान्डोव्स्कीले अगस्टमा पूर्वप्रशिक्षक मिखाल प्रोबिर्जसँगको विवादपछि टोलीमा फर्किएका थिए। तर, विश्वकपमा स्थान बनाउन नसक्दा उनको लामो र कीर्तिमानी अन्तर्राष्ट्रिय करिअर ठूलो खेलबिना अन्त्य हुनसक्ने देखिएको छ।

तर, खेलपछि उनले सामाजिक सञ्जाल पोस्टलाई ठूलो अर्थ नदिन आग्रह गरेका छन्। अन्तिम निर्णय अझै नलिएको उनले बताए। उनले भने,‘म अहिले कुनै निर्णय दिने अवस्थामा छैन। म आफ्नो क्लबमा फर्किन्छु, अझै केही खेल बाँकी छन्। मेरो मनमा उठेका प्रश्नहरूको उत्तर मैले आफैं खोज्नुपर्छ।’

lews

अर्को विश्वकप चार वर्षपछि हुने भएकाले यो हार वार्सामा जन्मिएका यी फरवार्डका लागि निकै पीडादायक बनेको छ। उनले सन् २००८ मा डेब्यु गरेदेखि टोलीलाई नेतृत्व गर्दै आएका छन् र २०१४ देखि कप्तानको जिम्मेवारी सम्हालिरहेका छन्।

उनले पोल्यान्डका लागि १६५ खेलमा ८९ गोल गर्दै कीर्तिमान कायम गरेका छन्। यसअघि उनले भनेका थिए,‘मेरो करिअर अगाडि बढ्दै जाँदा म केही क्षणहरूलाई अझ बढी मूल्य दिन थाल्छु। म करिअर अन्त्य गर्न डराउँदिन, किनकि म त्यसका लागि तयार हुँदैछु। मलाई थाहा छ यो मेरो जीवनको महत्त्वपूर्ण हिस्सा हो, तर सबैथोक होइन।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

किन कमजोर भयो इटाली ?

किन कमजोर भयो इटाली ?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

किन कमजोर भयो इटाली ?

किन कमजोर भयो इटाली ?

प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज