बुधबार, १८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

बुधबार, १८ चैत्र २०८२खेलपाटी संवाददाता
नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश
Loading ad...
mustang rice ad

काठमाडौं। बंगलादेशले साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालविरुद्ध बुधबार माल्दिभ्समा हुने खेलअघि कुनै पनि चुनौती सामना गर्न तयार रहेको जनाएको छ।

मुख्य प्रशिक्षक मार्क कोक्सले आफ्नो टोली फाइनल पुग्नेमा विश्वस्त रहेको बताउँदै पेनाल्टी सुटआउटसम्म सामना गर्न तयार रहेको जानकारी दिएका हुन्।

‘हामी जोसँग खेले पनि त्यो संघर्षपूर्ण हुनेछ। तर, हामी आफ्नै शैलीमा खेल्नेछौं र आफूमा ध्यान दिनेछौं,’ कोक्सले मंगलबार बंगलादेश फुटबल महासंघले सार्वजनिक गरेको भिडियो अन्तर्वार्तामा भने।

659781363_1385836626920819_2894513121716278855_n

उनले थपे,‘हामी ९० मिनेटभित्रै जित निकाल्नेछौं भन्नेमा आशा छ। प्रतियोगितामा अतिरिक्त समय छैन, खेल सिधै पेनाल्टीमा जान्छ। हामी सबै अवस्थाका लागि तयार छौं।’

बंगलादेशले प्रतियोगिताको सुरुआत पाकिस्तानलाई २–० ले हराउँदै गरेको थियो भने भारतसँग १–१ को बराबरी खेलेको थियो। समूहमा दोस्रो हुँदै बंगलादेश समूह ‘बी’बाट सेमिफाइनलमा पुगेको हो। नेपालले भने समूह ‘ए’मा भुटानलाई २–१ र श्रीलंकालाई १–० ले हराएको हो।

आयोजक माल्दिभ्ससँग भने १–१ को बराबरी खेलेको थियो। योसँगै यी दुई टोली भिड्ने पक्का भएको हो। सन् २०२४ मा उपाधि जित्ने क्रममा बंगलादेशले नेपाललाई ४–१ ले हराएको थियो।

माल्दिभ्सविरुद्ध बल अगाडि बढाउँदै नेपाली फरवार्ड सुवास बम तस्बिर साफ

यो उमेर समूहमा बंगलादेशले जितेको एकमात्र उपाधि हो। रोनान डेक्लानको उत्कृष्ट प्रदर्शन र गोलका बाबजुद बंगलादेशको खेल अहिलेसम्म केही अस्थिर देखिएको छ।

टोली छनोट र खेल शैलीलाई लिएर प्रशिक्षक कोक्सले आलोचना पनि सामना गर्नुपरेको छ। तर, महत्त्वपूर्ण खेलअघि उनले आफ्नो रणनीतिबारे धेरै खुलाउन चाहेनन्।

‘हामीसँग रहेका २२ खेलाडीमध्ये प्रत्येकमाथि मलाई पूर्ण विश्वास छ। खेलको अवस्थाअनुसार हामी सबै विकल्प विचार गर्नेछौं,’ कोक्सले भने।

उक्त खेल ३:४५ बजे सुरु हुनेछ। त्यसपछि दिनको दोस्रो सेमिफाइनलमा भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

क्रोएसियामाथि ब्राजिलको जित

क्रोएसियामाथि ब्राजिलको जित

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

क्रोएसियामाथि ब्राजिलको जित

क्रोएसियामाथि ब्राजिलको जित

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

 विश्वकपमा पुग्यो कंगो

विश्वकपमा पुग्यो कंगो

अकल्पनीय इटाली

अकल्पनीय इटाली

कोनोली चम्किँदा पञ्जाब विजयी

कोनोली चम्किँदा पञ्जाब विजयी

गुजरातको सामान्य लक्ष्य

गुजरातको सामान्य लक्ष्य