काठमाण्डौं । निदान अस्पतालले खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीलाई उपचार खर्चमा छुट उपलब्ध गराउने भएको छ । नेपाल खेलाडी तथा प्रशिक्षक संघको पहलमा ललितपुरमा रहेको निदान अस्पतालले खेलाडी तथा प्रशिक्षकहरुलाई छुट दिने भएको हो ।
संघ र अस्पतालबीच मंगलबार छुट सम्झौतामा हस्ताक्षर भएको छ । संघ र अस्पतालले आजकै मितिबाट लागु हुनेगरी चार बर्षे सम्झौता गरेको हो । संघका अध्यक्ष महेश महर्जन र अस्पतालका कार्यकारी निर्देशक अबिषेक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतासँगै अस्पतालले खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीले अस्पतालले उपलब्ध गराउदै आएको विभिन्न सेवामा १० देखि २० प्रतिशतसम्म छुट पाउने छन् । उनीहरुले यो अस्पतालबाट ओपिडी, ल्याब टेष्ट,बेड चार्ज, अल्ट्रासाउण्ड, फिजियोथेरापी, इन्डोस्कोपी, औषधि, इसिजी, इको, कोलिनोस्कोपी र डेन्टल लगायत सेवामा छुट पाउने छन् ।
यस्तै यो अस्पतालमा नभएको सेवा भारतमा गएर गरीने उपचार खर्चमा ५ देखि १० प्रतिशत छुट अस्पतालले उपलब्ध गराउने छन् । खेलाडी तथा प्रशिक्षकले अस्पतालमा सेवा र सुविधा लिनु परे संघको सिफारिस अनिवार्य गरिएको छ ।