बुधबार, १८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अकल्पनीय इटाली

बुधबार, १८ चैत्र २०८२खेलपाटी संवाददाता
अकल्पनीय इटाली
Loading ad...
mustang rice ad

काठमाडौं। फुटबलको इतिहासमा शक्तिशाली राष्ट्रमध्ये एक मानिने इटाली अहिले अकल्पनीय रूपमा कमजोर अवस्थामा पुगेको छ।

चार पटकको विश्वकप विजेता इटाली मंगलबार युरोपियन प्लेअफमा ६६औं वरीयताको बोस्निया एन्ड हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भयो।

इटालीले खेलको अधिकांश समय १० खेलाडीसहित खेलेको थियो। मोइसे किनले सुरुआतमै इटालीका लागि गोल गरे। तर, पहिलो हाफ सकिनुअघि डिफेन्डर अलेसान्द्रो बास्तोनीले सिधै रातो कार्ड पाएर मैदान छाडे।

download (66)

त्यसपछि ७९औं मिनेटमा बोस्नियाका वैकल्पिक खेलाडी हारिस तबाकोभिचले बराबरी गोल गर्दै खेल १–१ मा ल्याए र अतिरिक्त समयमा धकेलियो। यस हारले इटालीको गौरवशाली राष्ट्रिय टोलीको पीडा अझ गहिरो बनाएको छ। यसअघि पनि इटाली स्वीडेन र उत्तर म्यासेडोनियासँग हार्दै विश्वकप छनोटबाट बाहिरिएको थियो।

‘के ठीक छ र के गलत छ भन्नु सजिलो छ,’ प्रशिक्षक जेन्नारो गाट्टुसोले भने,‘तर वास्तविकता के हो भने इटाली लगातार तीन विश्वकपमा छनोट हुन सकेको छैन। राष्ट्रिय टोली मात्र होइन, क्लब स्तरमै पनि लक्ष्य हासिल गर्न हामी संघर्ष गरिरहेका छौं।’

पेनाल्टी सुटआउटमा बोस्नियाले ४–१ ले जित हात पार्दै २०१४ पछि पहिलो पटक विश्वकपमा स्थान बनायो। यो उनीहरूको अहिलेसम्मको एकमात्र सहभागिता थियो।

सुटआउटमा पियो एस्पोसिटो र ब्रायन क्रिस्टान्तेले पेनाल्टी चुकाए भने अमेरिकामा जन्मिएका एस्मिर बाज्राक्टारेभिचले निर्णायक गोल गर्दै बोस्नियालाई जित दिलाए।

download (69)

इटालीका डिफेन्डर लियोनार्डो स्पिनाज्जोलाले भने,‘हामी अझै विश्वास गर्न सकिरहेका छैनौं। यसरी बाहिरिनु निकै पीडादायी छ। हामी, हाम्रो परिवार र ती सबै बालबालिकाका लागि दुखद छ, जसले कहिल्यै इटालीलाई विश्वकपमा खेलेको देखेका छैनन्।’

यसैबीच अन्य प्लेअफ फाइनलहरूमा स्वीडेन, टर्की र चेक गणतन्त्रले विश्वकपमा स्थान पक्का गरे। स्वीडेनले पोल्यान्डलाई ३–२ ले हरायो। टर्कीले कोसोभोलाई १–० ले जित्यो र चेक गणतन्त्रले डेनमार्कलाई पेनाल्टीमा हरायो।

इटाली १९३४, १९३८, १९८२ र २००६ का विश्वकप विजेता भए पनि अब कम्तीमा १६ वर्षसम्म विश्वकप खेल्न नपाउने भएको छ। इटालीको खराब प्रदर्शन २०१० र २०१४ बाटै सुरु भएको थियो।

उक्त विश्वकपमा इटली समूह चरणबाटै बाहिरिएको थियो। यद्यपि, २०२१ मा इटालीले युरोपियन च्याम्पियनसिप जितेको थियो। इटालीले अन्तिम पटक २००६ मा फ्रान्सलाई पेनाल्टीमा हराउँदै विश्वकप जित्दा नकआउट चरण खेलेको थियो।

download (68)

इटालियन फुटबल महासंघका अध्यक्ष गाब्रिएले ग्राभिनाले भने,‘हामी ठूलो संकटमा छौं भन्ने कुरा हामी स्वीकार गर्छौं।’

इटाली १९५८ पछि पहिलो पटक मात्र होइन, दोस्रो पटक मात्र विश्वकपमा छनोट हुन असफल भएको इतिहास थियो। तर, अहिले लगातार तीन पटक असफल भएको इतिहास बनेको छ।

हराएको पुस्ता

१५ वर्षभन्दा कम उमेरका धेरै इटालियनका लागि इटालीले विश्वकप खेलेको सम्झना नै छैन। इटालीले पछिल्लो पटक २०१४ मा उरुग्वेसँग हार्दै प्रतियोगिता छाडेको थियो। उक्त खेल लुइस सुआरेजले जियोर्जियो क्येलिनीलाई टोकेको घटना चर्चित छ।

हालका कुनै पनि इटाली खेलाडीले विश्वकपको अन्तिम चरण खेलेका छैनन्। यो हारले प्रशिक्षक गाट्टुसोको भविष्यबारे पनि प्रश्न उठाएको छ। उनी गत जुनमा लुसियानो स्पालेट्टीको स्थानमा आएका थिए, जतिबेला टोली पहिले नै संकटमा थियो।

इटालीले त्यसपछि लगातार ६ खेल जितेको थियो। तर, नोभेम्बरमा फेरि नर्वेसँग हार्दै समूहमा दोस्रो स्थानमा सीमित भयो र पुनः प्लेअफमा पुग्यो। गत साता इटालीले घरेलु मैदानमा उत्तरी आयरल्यान्डलाई २–० ले हराएको थियो। तर, बोस्नियाको १४ हजार दर्शक क्षमता भएको जेनेत्सास्थित बिलिनो पोल्ये रंगशालामा भने संघर्ष गर्नुपर्यो।

‘हामी विश्वकपमा पुग्न सकेनौं, त्यसका लागि म व्यक्तिगत रूपमा माफी चाहन्छु,’ गाट्टुसोले भने,‘आज मेरो भविष्य होइन, विश्वकपमा पुग्नु महत्त्वपूर्ण थियो।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

क्रोएसियामाथि ब्राजिलको जित

क्रोएसियामाथि ब्राजिलको जित

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
क्रोएसियामाथि ब्राजिलको जित

क्रोएसियामाथि ब्राजिलको जित

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

 विश्वकपमा पुग्यो कंगो

विश्वकपमा पुग्यो कंगो

अकल्पनीय इटाली

अकल्पनीय इटाली

कोनोली चम्किँदा पञ्जाब विजयी

कोनोली चम्किँदा पञ्जाब विजयी

गुजरातको सामान्य लक्ष्य

गुजरातको सामान्य लक्ष्य

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा