युवराजको डेब्यु, जेलेस्पी बेञ्चमा
मंगलबार, १७ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली एपीएफ क्लबका स्ट्राइकर युवराज खड्काले लाओसविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्ने भएका छन्।
एएफसी एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले उनलाई सुरुआती ११ मा समेटेका हुन्। यस्तै, त्रिभुवन आर्मीका फरवार्ड जेलेस्पीजंग कार्कीलाई बेञ्चमा राखिएको छ। नेपालले केहीबेरपछि लाओससँग खेल्दैछ।
यस समूहबाट भियतनाम अर्कोवर्ष साउदी अरबमा हुने एसियन कपका लागि छनोट भइसकेको छ। नेपाल र लाओसको भने समान ३ अंक छ। यी दुवै टोली यस खेलअगाबै प्रतियोगिताबाट बाहिरिसकेको छ।






-1774856466345.webp&w=3840&q=75)






