एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसियन कप छनोटअन्तर्गतको अन्तिम खेल खेल्ने टोलीलाई सुटुक्क लाओस पठाएको छ।
नेपालले अन्तिम खेल ३१ मार्चमा लाओसविरुद्ध खेल्दैछ।
यो खेल नेपालको घरेलु मैदानमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय थियोे। तर, उक्त खेल लाओस नै सारिएको हो। यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २६ मार्चमा हङकङविरुद्ध हुने तय भएको मैत्रीपूर्ण खेल पनि रद्द भएको थियोे।
एन्फाले लाओसविरुद्व खेल्न शनिबार टोली थाइल्यान्डको बैंकक हुँदै पठाएको छ। तर, अन्तिम टोलीको नामावली नै सार्वजनिक नगरि टोलीलाई त्यसतर्फ पठाएको हो। एन्फाले यसपल्ट टोलीलाई बिदाइसम्म गरेन।
खेलपाटीले यसबारे एन्फा प्रवक्ता सुरेश शाहसँग प्रश्न राख्दा आफूलाई थाहा नभएको गैरजिम्मेवार अभिव्यक्ति दिएका छन्। ‘खोइ मलाई यसबारे केही थाहा भएन। म यहाँ पनि थिइन्। खेलाडीको अन्तिम नाम मसँग हुने पनि होइन,’ उनले भने।
छनोटको समूह एफमा रहेको नेपाल र लाओसको समान ३ अंक छ। दुवै टोली छनोटबाट बाहिरसकेका छन्।











-1774661800099.webp&w=3840&q=75)

-1774582597516.webp&w=3840&q=75)