शुक्रबार, १३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

१२ वर्षपछि विश्वकपनजिक इटाली

शुक्रबार, १३ चैत्र २०८२खेलपाटी संवाददाता
१२ वर्षपछि विश्वकपनजिक इटाली
Loading ad...
mustang rice ad

काठमाडौं। इटालीले अन्ततः विश्वकप प्लेअफमा जित निकाल्न सफल भएको छ। अब चार पटकको विश्वकप विजेता टोलीले लगातार तेस्रो पटक छनोट हुन असफल हुनबाट बच्न अझ एक जित आवश्यक छ।

इटालीले बिहीबार युरोपियन सेमिफाइनलमा उत्तरी आयरल्यान्डलाई २–० ले पराजित गर्‍यो। बर्गामोमा घरेलु मैदानमा खेल्दै सान्द्रो टोनालीले दोस्रो हाफको सुरुमै हाफ–भलीमार्फत इटालीलाई अग्रता दिलाए। त्यसपछि उनले मोइजे केनका लागि अर्को गोलको अवसर सिर्जना गरे।

इटालीका प्रशिक्षक जेन्नारो गात्तुसोले भने,‘अग्रता लिएपछि खेलाडीहरू मानसिक रूपमा सहज भए। हामीले राम्रो प्रदर्शन गर्‍यौं। यसले मंगलबारका लागि आत्मविश्वास बढाउनेछ। हामी जित्नैपर्छ, अर्को विकल्प छैन।’

मंगलबार हुने प्लेअफ फाइनलमा पुग्ने अन्य टोलीहरूमा बोस्निया एन्ड हर्जेगोभिना, स्वीडेन, पोल्यान्ड, टर्की, कोसोभो, डेनमार्क र चेक गणतन्त्र रहेका छन्।

अब इटालीले आगामी खेलमा बोस्निया एन्ड हर्जेगोभिनाको मैदानमा खेल्दै विश्वकपमा स्थान बनाउन जित निकाल्नुपर्नेछ। यदि असफल भयो भने इटाली कम्तीमा १६ वर्षसम्म विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा खेल्न नपाउने अवस्थामा पुग्नेछ।

बोस्नियाले वेल्सलाई पराजित गर्‍यो भने चेक गणतन्त्रले आयरल्यान्डलाई पेनाल्टी सुटआउटमा हरायो। अन्य खेलमा स्वीडेनविरुद्ध पोल्यान्ड, टर्कीविरुद्ध कोसोभो र डेनमार्कविरुद्ध चेक गणतन्त्र प्रतिस्पर्धा गर्नेछन्।

इटालीको विश्वकप संघर्ष लामो समयदेखि जारी छ। २०१८ को विश्वकपका लागि प्लेअफमा स्वीडेनसँग हार बेहोरेको इटाली २०२२ मा उत्तर म्यासेडोनियासँग सेमिफाइनलमै पराजित भएको थियो।

यसअघि २०१० र २०१४ का विश्वकपमा पनि इटाली समूह चरणबाट अघि बढ्न सकेको थिएन। इटालीले अन्तिम पटक विश्वकपको नकआउट खेल २००६ मा खेलेको थियो। त्यतिबेला उसले फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको थियो।

यस खेलमा इटालीले ७ वटा सट लक्ष्यतर्फ प्रहार गर्दा उत्तरी आयरल्यान्डले एउटा पनि सट लक्ष्यतर्फ प्रहार गर्न सकेन। दोस्रो गोलका लागि टोनालीको लामो पासमा मोइजे केनले उत्कृष्ट नियन्त्रण र फिनिसिङ गरे।

टोनालीले भने,‘हामीसँग धेरै अवसर थिएनन्, तर आएका अवसरहरूलाई राम्रोसँग उपयोग गर्‍यौं। हामीले उनीहरूको बलियो पक्षलाई रोक्न ध्यान दियौं। यस्तो खेल्दा गोल खाने सम्भावना कम हुन्छ।’

उनले थपे,‘प्रशिक्षक आएदेखि टोलीमा सकारात्मक ऊर्जा छ। हामीले यही लय कायम राख्नुपर्छ। जित्नुबाहेक अर्को विकल्प छैन।’ गात्तुसोले जुनमा पदबाट हटाइएका लुसियानो स्पालेट्टीको स्थान लिएका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फ्रान्ससँग हार्‍यो ब्राजिल

फ्रान्ससँग हार्‍यो ब्राजिल

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
१२ वर्षपछि विश्वकपनजिक इटाली

१२ वर्षपछि विश्वकपनजिक इटाली

फ्रान्ससँग हार्‍यो ब्राजिल

फ्रान्ससँग हार्‍यो ब्राजिल

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

पुलिससँग हार्‍यो बागमती

पुलिससँग हार्‍यो बागमती

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने