एन्फाको शुक्रबार तय निर्वाचन स्थगित
बिहिबार, १२ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार निर्धारित निर्वाचन कार्यक्रम स्थगित गरिएको छ। एन्फा निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार, राष्ट्रिय खेलकुद परिषद् ले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेपछि तय गरिएको मतदान कार्यक्रम रोकिएको हो।
समितिका अनुसार, परिषद्बाट प्राप्त पत्रका आधारमा यसअघि तोकिएको मितिमा हुने निर्वाचन अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो। निलम्बनको निर्णयपछि एन्फाभित्रको गतिविधि प्रभावित भएको भन्दै निर्वाचन प्रक्रिया अघि बढाउन नसकिएको स्पष्ट गरिएको छ।
अब एन्फाको निर्वाचन कहिले हुने भन्ने विषयमा अन्योल कायम रहेको छ। सम्बन्धित निकायबीच समन्वय र निर्णयपछि मात्रै नयाँ मिति तय हुने बताइएको छ।










-1774523438835.jpg&w=3840&q=75)

-1774509889599.jpeg&w=3840&q=75)