लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

काठमाडौं। के यो रोबर्ट लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?
फुटबलका चर्चित खेलाडीहरूको करिअरबारे चाँडै निष्कर्ष निकाल्नु सधैं जोखिमपूर्ण हुन्छ। उदाहरणका लागि पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो ४१ वर्षको उमेरमा पनि विश्वकप खेल्ने तयारीमा छन्।
तर, ३७ वर्षीय बार्सिलोना स्ट्राइकर लेवान्डोव्स्कीका लागि भने यो अन्तिम विश्वकप खेल्ने अवसर हुन सक्छ। गत वर्ष उनी पोल्यान्डको टोलीबाट केही समय टाढा रहेका थिए।
तत्कालीन प्रशिक्षक मिखाल प्रोबिएर्जले कप्तानी हटाएपछि उनले राष्ट्रिय टोलीमा आफू उपलब्ध नहुने घोषणा गरेका थिए। पछि फिनल्यान्डसँग पोल्यान्ड पराजित भएपछि प्रोबिएर्जले राजीनामा दिए। त्यसपछि नयाँ प्रशिक्षक यान उर्बानको नेतृत्वमा अगस्टमा लेवान्डोव्स्की टोलीमा फर्किए।
पोल्यान्डका सर्वाधिक गोलकर्ता लेवान्डोव्स्कीले पुनः कप्तानी पनि सम्हालेका छन्। हालसालै उनको बाँया आँखाको हड्डी (आई सकेट) भाँचिएपछि उनी खेलका क्रममा अनुहारमा सुरक्षात्मक मास्क लगाएर खेलिरहेका छन्।










-1774491612727.webp&w=3840&q=75)

