राखेपको निलम्बनमा पर्यो एन्फा

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाका लागि निलम्बन गरेको छ।
राखेपले जारी गरेको पत्र अनुसार एन्फालाई खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसार कारबाही गर्दै ३ महिनाका लागि निलम्बन गरिएको हो।
राखेपले एन्फालाई पटक–पटक दिएको निर्देशन पालना नगरेको, स्वीकृति बिना निर्वाचन प्रक्रिया अघि बढाउन खोजेको तथा परिषद्बाट माग गरिएका स्पष्टिकरणहरू सन्तोषजनक नआएको आरोप लगाएको छ। विशेषगरी कार्यसमितिको निर्णयविपरीत अगाडि बढेको भन्दै परिषद्ले कडा कदम चालेको जनाएको छ।

पत्रमा उल्लेख भएअनुसार एन्फाले साधारण सभा (अडिटरी कङ्ग्रेस) र निर्वाचन सम्बन्धी प्रक्रिया परिषद्को स्वीकृति बिना अघि बढाउन खोजेको देखिएको छ। यसलाई प्रचलित कानुनविपरीत भएको ठहर गर्दै राखेपले तीन महिनासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो।
निलम्बन अवधिमा एन्फाले कुनै पनि प्रशासनिक वा निर्वाचनसम्बन्धी कार्य गर्न नपाउने उल्लेख गरिएको छ। साथै, यस अवधिमा आवश्यक छानबिन तथा थप निर्णय प्रक्रिया अघि बढाइने पनि परिषद्ले जनाएको छ।









-1774437287189.jpg&w=3840&q=75)
-1774432005447.webp&w=3840&q=75)

