सुक्रियासहित ३२ खेलाडी प्रारम्भिक क्याम्पमा
बुधबार, ११ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले थाइल्यान्डमा हुने फिफा सिरिजका लागि ३२ खेलाडीलाई प्रारम्भिक क्याम्पमा बोलाएको छ।
सुक्रिया मियासहितका खेलाडीहरूलाई समेट्दै टोली मुख्य प्रशिक्षक नविन न्यौपानेले क्याम्प बोलाएका हुन्।
यस क्याम्पमा अनुभवी र युवा खेलाडीको मिश्रण देखिएको छ। प्रीति राई, अञ्जिला तुम्बापो सुब्बासँगै नयाँ अनुहारहरूले पनि अवसर पाएका छन्।
नेपालले थाइल्यान्डमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ।





-1774432005447.webp&w=3840&q=75)






