नेपाल र लाओसबीचको खेल दशरथ रंगशाला नहुने
मंगलबार, १० चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल र लाओसबीचको एएफसी एसियन कप छनोटअन्तर्गतको अन्तिम खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नहुने भएको छ।
यो खेल ३१ मार्चचमा नेपालको घरेलु मैदानमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय थियोे। तर, उक्त खेल लाओस नै सारिएको हो। यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २६ मार्चमा हङकङविरुद्ध हुने तय भएको मैत्रीपूर्ण खेल पनि रद्द भएको थियोे।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले उक्त खेल रद्द हुनमा राष्ट्रिय खेलकुद परिषद् (राखेेप) ले मैदान नदिनु कारण देखाएको थियोे।
छनोटको समूह एफमा रहेको नेपाल र लाओसको समान ३ अंक छ। दुवै टोली छनोटबाट बाहिरसकेका छन्।






-1774353256764.jpg&w=3840&q=75)
-1774350920804.jpeg&w=3840&q=75)




