लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगनलाई निरन्तरता
मंगलबार, १० चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामाको उम्मेदवारी स्थगनलाई निरन्तरता दिएको छ।
न्यायाधीशद्वय सूर्यप्रसाद पराजुली र बासुदेव न्यौपानेको संयुक्त इजालसले उक्त निर्णय गरेको हो। लागुऔषध खइरो हिरोइनको कारोबारीमा दोषी ठहर भएपछि दावा ४ वर्ष २ महिना जेल नबसी फरार भएका थिए।
उनी १६ वर्ष फरार भएपश्चत पक्राउ परेका थिए। उनले सर्वोच्च अदालत पुनरावेदन हालेबा छन्। तर, उक्त पुनरावेदनमाथि सुनुवाइ हुन सकेको छैन। सोही कुरालाई लिएर दिपक खतिवडाले उनलाई १३ चैतमा झापामा हुने तय भएको निर्वाचन वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी खारेज गर्न उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले सर्वोच्चबाट मिसिल झिक्ने्ने निर्णय गरेको छ।
दावाको पेसी १२ चैतमा राखिएको छ।






-1774353256764.jpg&w=3840&q=75)
-1774350920804.jpeg&w=3840&q=75)




