राखेपले एन्फालाई पठाएको पत्र बुझेन
मंगलबार, १० चैत्र २०८२खेलपाटी संवाददाता
-1774350920804.jpeg&w=3840&q=75)
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पठाएको स्पष्टीकरण अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुझ्न अस्वीकार गरेको छ।
राखेपले मंगलबार कान्छा पौडेलमार्फ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा २४ घन्टे स्पष्टीकरण सोधेको पत्र पठाएको थियो। तर, उक्त एन्फाका पदाधिकारी नभेटेपछि पौडेल पत्र नै नबुझाइ फर्केका छन्।
एन्फाले भने मंगलबार बिहान नै १३ चैतमा झापामा हुने साधारण सभा तथा निर्वाचन प्रयोजनका लागि सचिवालय बन्द रहने सूचना प्रकाशित गरेको थियो।







-1774353256764.jpg&w=3840&q=75)




