राखेपले एन्फालाई स्पष्टीकरण सोध्ने
सोमबार, ०९ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यसमिति बैठकले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
त्रिपुरेश्वरस्थित राखेपको भवनमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
"पछिल्लो घटनाक्रमलाई लिएर राखेपले एन्फालाई स्पष्टीकरण सोध्ने निर्णयले गरेको छ," बैठकमा सहभागी एक सदस्यले भने।
राखेप र एन्फाबीच पछिल्लो समय झापामा १३ चैतमा हुने निर्वाचनलाई लिएर विवाद चुलिएको छ। राखेपले आफ्नो सहमति बेगर निर्वाचन नगर्न पटकपटक पत्र पठाएको छ।
तर, एन्फाले भने राखेपलाई अटेर गर्दै निर्वाचन प्रक्रियन अगाडि बढाएको छ। यस्तैमा १२ चैतमा हुने तय भएको हङकङ र नेपालबीचको खेलका लागि मैदान नदिएको एन्फाले आरोप लगाएको छ। तर, राखेपले भने त्यसको खण्डन गरिसकेको छ।









-1774280237611.jpeg&w=3840&q=75)


