सुजनको गोलमा नेपाललाई अग्रता
सोमबार, ०९ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले साफ यु–२० च्याम्पियनसिपमा भुटानविरुद्ध सुरुआती अग्रता लिएको छ।
मालेमा जारी खेलको पहिलो हाफमा नेपालले १–० को अग्रता लिएको हो।
खेलको पाँचौं मिनेटमै नेपालले सुरुआती अग्रता लिएको थियो। आफ्नै टोलीका खेलाडीले दिएको ब्याक पास बललाई गोलकिपरले समातेपछि सिक्स यार्ड बक्सनजिक नेपालले फ्रिकक पाएको थियो।
झोन विष्टले दिएको ब्याक फ्रिकक बललाई सुजन डंगोलले सुन्दर गोल गरे।









-1774280237611.jpeg&w=3840&q=75)


