टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकपको पुरस्कार रकम वितरण सार्वजनिक गरेको छ।
प्रतियोगिताको कुल १ करोड १२ लाख ५० हजार अमेरिकी डलर ‘प्लेअर्स प्राइज मनी’ मध्ये नेपालले २ लाख ५६ हजार १५४ अमेरिकी डलर प्राप्त गरेको छ।
हालको विनिमयदर अनुसार उक्त रकम करिब ३ करोड ७७ लाख रुपैयाँ बराबर हुन्छ।
आईसीसीले सार्वजनिक गरेको विवरण अनुसार भारतले सबैभन्दा धेरै २६ लाख ३९ हजार ४२३ अमेरिकी डलर पाएको छ। दोस्रो स्थानमा रहेको न्युजिल्याण्डले १४ लाख २२ हजार ६०२ अमेरिकी डलर प्राप्त गर्दा दक्षिण अफ्रिकाले १० लाख ५ हजार ५७७ अमेरिकी डलर पाएको छ।
त्यस्तै इङ्ग्ल्यान्डले ९ लाख ७४ हजार ४२३, वेस्ट इन्डिजले ५ लाख ३८ हजार २६९, पाकिस्तानले ५ लाख २२ हजार ६९२ र जिम्बाब्वेले ४ लाख ९१ हजार ५३८ अमेरिकी डलर पुरस्कार पाएका छन्।
नेपालसहित इटाली, नेदरल्याण्ड्स र युएईले समान २ लाख ५६ हजार १५४ अमेरिकी डलर प्राप्त गरेका हुन्।
आईसीसीका अनुसार सन् २०२४ मा गरिएको पुरस्कार रकम वृद्धिलाई निरन्तरता दिँदै यसपटक कुल पुरस्कार रकम १ करोड १२ लाख ५० हजार अमेरिकी डलर पुर्याइएको हो।









-1773230362276.jpg&w=3840&q=75)





