नीशमले हटाए कमेन्ट्

काठमाडौं । पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग एनपीएल खेलेका न्युजिल्यान्डका अलराउण्डर जिमी नीशमले आफ्नो कमेन्ट हटाएका छन् ।
एभेन्जर्सले पारिश्रमिक नदिएको भन्दै नीशमले पोखरा एभेन्जर्सको सामाजिक सञ्जलमा कमेन्ट गरेका थिए ।
नीशमले पोखरा एभेन्जर्सको इन्सटाग्राम पोस्टमा कमेन्ट गर्दै ‘खेलाडीको पारिश्रमिक देऊ’ भनेर लेखेका थिए ।
विश्वकपको फाइनलमा न्युजिल्याण्डले भारतसँगको उपाधि भिडन्त गुमाएको थियो । आफ्ना खेलाडीको उच्च प्रर्दशनको प्रशंसा गर्दै गर्दै पोखराले गरेको पोस्टमा नीशमले खेलाडीको पैसा देउ भन्दै कमेन्ट गरेका थिए ।
उनको कमेन्टले खेलकुद वृत्तमा ठुलो चर्चा बटुलेको थियो ।
नीशम जस्ता ठुला खेलाडीले पारिश्रमिक नपाएको भन्दै सार्वजनीक रुपमा प्रतिक्रिया जनाएपछि सो घटना चर्चाको विषय बनेको थियो ।
पोखरा एभेन्जर्सले नेपालको कानुनी उल्झनका कारण विदेशी खेलाडीको पारिश्रमिक विदेश पठाउन नसकिएको बताएको छ । पोखराले अर्को हप्ताभित्र खेलाडीको बाँकी पारिश्रमिक दिने जानकारी गराएको छ ।
सो कमेन्टको विषयमा क्लबसँग छलफल गरेका नीशमले अहिले आएर सो प्रतिक्रियालाई हटाएका छन् ।













-1773053712375.png&w=3840&q=75)
