वाकरले लिए सन्न्यास

काठमाडौं। इङ्ग्ल्यान्डका अनुभवी डिफेन्डर काइल वाकरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३५ वर्षीय राइट ब्याकले मंगलबार इन्स्टाग्राम पोस्टमा यो घोषणा गरेका हुन्।
वाकरले नोभेम्बर २०११ मा स्पेनविरुद्धको मैत्रीपूर्ण खेलमा वैकल्पिक खेलाडीको रूपमा इंग्ल्यान्डबाट डेब्यू गरेका थिए।
वाकरले राष्ट्रिय टोलीबाट कुल ९६ खेल खेलेका छन्। उनले सन् २०१८ र २०२२ को विश्वकप र २०१६, २०२१ र २०२४ को युरोपियन च्याम्पियनसिपसहित पाँच प्रमुख प्रतियोगितामा इङ्गल्यान्डको प्रतिनिधित्व गरेका छन्।
इङ्ग्ल्यान्ड पूर्वप्रशिक्षक ग्यारेथ साउथगेटको टोलीका उनी प्रमुख खेलाडी थिए। इङ्ग्ल्यान्ड युरोपियन च्याम्पियनसिप २०२१ र २०२४ को फाइनलमा पुगे पनि उपाधि जित्न असफल भयो।
वाकरले अन्तिम पटक राष्ट्रिय टोलीबाट गत वर्ष जुनमा सेनेगलविरुद्ध मैत्रीपूर्ण खेलमा खेलेका थिए। म्यानचेस्टर सिटीबाट उनले २०१७ देखि जनवरी २०२५ सम्म खेले। डिफेन्डरले सिटीबाट ६ प्रिमियर लिग उपाधि र एक च्याम्पियन्स लिग जितेका थिए।












