बुधबार, ०६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

भिनिसियसको गोलमा रियललाई जीवनदान

बुधबार, ०६ फाल्गुण २०८२खेलपाटी संवाददाता
 भिनिसियसको गोलमा रियललाई जीवनदान
Loading ad...
mustang rice ad

काठमाडौं। ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले दोस्रो हाफमा गरेको उत्कृष्ट गोलको मद्दतले रियल मड्रिडले बेन्फिकालाई १–० ले पराजित गरेको छ।

मंगलबार भएको च्याम्पियन लिग प्लेअफको पहिलो लेग खेल भने रंगभेदी टिप्पणीको आरोपका कारण विवादित बन्यो।

खेलको ५०औं मिनेटमा एस्टाडियो दा लुजमा भिनिसियसले सानदार कर्लिङ प्रहारमार्फत रियललाई अग्रता दिलाएका थिए। त्यसको केही क्षणपछि उनले बेन्फिकाका अर्जेन्टिनी विंगर जियानलुका प्रेस्टियानीले आफूमाथि रंगभेदी टिप्पणी गरेको आरोप लगाए।

टेलिभिजन दृश्यमा प्रेस्टियानीले आफ्नो जर्सीले मुख छोपेर केही भनेको देखिएको थियो, जसलाई भिनिसियस र उनका सहकर्मीहरूले रंगभेदी गालीका रूपमा बुझेका थिए। त्यसपछि रेफ्री फ्राँस्वा लेटेक्सिएले फिफाको एन्टि–रेसिज्म प्रोटोकल लागू गर्दै खेल ११ मिनेटका लागि रोके।

रियलका कप्तान फेडेरिको भाल्भेर्देले भने,‘स्टेडियममा दर्जनौं क्यामेरा हुँदा पनि यदि केही समात्न सकेनन् भने अचम्मको कुरा हो। तर, मुख छोपेर केही भनिएको थियो। नजिक रहेका खेलाडीहरूले निकै नराम्रो शब्द सुनेका छन्।’

खेल पुनः सुरु भएपछि वातावरण झनै तनावपूर्ण बन्यो। बेन्फिकाका प्रशिक्षक जोसे मोरिन्होलाई ८५औं मिनेटमा दुई पहेंलो कार्ड दिएर मैदानबाहिर पठाइयो।

पहिलो हाफमा बेन्फिकाले राम्रो सुरुआत गरेको थियो। तर, रियलले क्रमशः नियन्त्रण लिँदै गयो। रियलका गोलकिपर थिउबो कोर्टुवाले २५औं मिनेटमा फ्रेड्रिक अउर्सनेसको प्रहार एक हातले बचाउँदै टोलीलाई संकटबाट जोगाए।

हाफटाइमअघि बेन्फिकाका गोलकिपरअनातोली त्रुबिनले किलियन एमबाप्पे र आर्दा गुलरका प्रहार उत्कृष्ट रूपमा बचाएका थिए। दोस्रो हाफको पाँच मिनेटपछि एमबाप्पेले बल अगाडि बढाउँदै बायाँतर्फ भिनिसियसलाई पास दिए।

उनले डिबक्सतर्फ कट गर्दै भित्री भागबाट प्रहार गरेको बल टाढाको माथिल्लो कुनामा जाँदा गोलकिपर असहाय बने। गोलपछि भिनिसियसले कर्नर फ्ल्याग नजिक नाच्दै उत्सव मनाए। उनलाई अत्यधिक उत्सव मनाएको भन्दै पहेंलो कार्ड दिइयो।

खेल पुनः सुरु भएपछि दर्शकहरूले भिनिसियसलाई बल छोएको हरेकपटक हुटिङ गरे। प्रसारण क्यामेरामा एमबाप्पेले प्रेस्टियानीतर्फ आक्रोश व्यक्त गरेको दृश्य पनि देखिएको थियो।

८५औं मिनेटमा भिनिसियसले रिचार्ड रियोसलाई फाउल गरेपछि मोरिन्हो चौथो अफिसियलसँग आक्रोशित हुँदै दोस्रो पहेंलो कार्डको माग गर्न पुगेका थिए। निरन्तर विरोध गरेपछि उनलाई दोस्रो पहेंलो कार्ड दिँदै मैदानबाहिर पठाइयो।

खेलपछि मोरिन्होले भने,‘भिनिसियसले एक कुरा भन्छन्, प्रेस्टियानीले अर्को। म पक्षपाती बन्न चाहन्न। के सत्य हो म निश्चित रूपमा भन्न सक्दिनँ।’

उनले थपे,‘भिनिसियसले उत्कृष्ट गोल गरे, त्यो गोल उनी वा एमबाप्पेले मात्र गर्न सक्छन्। तर, त्यसपछि उनले टोलीसँगै उत्सव मनाउनुपर्थ्यो। स्टेडियमका ६० हजार दर्शकतर्फ प्रतिक्रिया जनाउनु आवश्यक थिएन।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फेरि समस्यामा डेम्बेले

फेरि समस्यामा डेम्बेले

भूपू शैनिक र शब्द चिन्तनको जित

भूपू शैनिक र शब्द चिन्तनको जित

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 भिनिसियसको गोलमा रियललाई जीवनदान

भिनिसियसको गोलमा रियललाई जीवनदान

पीएसजीको उत्कृष्ट पुनरागमन

पीएसजीको उत्कृष्ट पुनरागमन

फेरि समस्यामा डेम्बेले

फेरि समस्यामा डेम्बेले

भूपू शैनिक र शब्द चिन्तनको जित

भूपू शैनिक र शब्द चिन्तनको जित

१२ वर्षपछि विश्वकपमा नेपालको जित

१२ वर्षपछि विश्वकपमा नेपालको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

सर्वाधिक विकेट लिँदै सोमपालले बनाए कीर्तिमान

सर्वाधिक विकेट लिँदै सोमपालले बनाए कीर्तिमान

नेपाललाई स्कटल्यान्डको दोस्रो ठूलो लक्ष्य

नेपाललाई स्कटल्यान्डको दोस्रो ठूलो लक्ष्य