भूपू शैनिक र शब्द चिन्तनको जित
मंगलबार, ०५ फाल्गुण २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज
वालिङ । १० औं संस्करणको अर्हन्त मेमोरियल कप फुटबल प्रतियोगितामा भूपूू शैनिक र शब्द चिन्तनले जित निकालेका छन् ।
मंगलबार वालिङमा भएको यूु–१२ विद्यालय स्तरीय नाइन ए साईड प्रतियोगिताको पहिलो दिनको खेलमा भूपू शैनिक चापाकोटले बायटारीको भूपू शैनिक र शब्द चिन्तनले बाल विद्यालाई हराएका हुन् ।
चापाकोटको भूपू शैनिकले बायटारीको भूपूू शैनिकलाई ३–० ले हरायो । विजेता टिमका लागि सुजल आलेले दुुई र आयोश बिकेले एक गोल गरे ।।
दोस्रो खेलमा शब्द चिन्तनले बाल विद्यालाई २–० ले हरायो । शब्द चिन्तनका लागि निकेश थापा र अमिस पैतिले एक एक गोल गरे ।
उमेर समूहको मोफसलको उत्कृष्ट प्रतियोगिताको रुपमा रहेको अर्हन्त मेमोरियल प्रतियोगिताको विजेताले ५१ हजार र दोस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक रामकुमार आलेले बताएका छन् ।
#ahantamemorialfootball









-1771347430499.jpeg&w=3840&q=75)
-1771342965899.jpeg&w=3840&q=75)



