‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

फाइल तस्बिर
काठमाडौं। ‘बी’ डिभिजनका १३ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रस्ताव गरेको मताधिकार छनोट कार्यक्रमप्रति असहमति जनाएका छन्।
एन्फाले माघ २८ गते तोकेको ‘एन्फा अर्डिनरी कंग्रेस’ तथा निर्वाचन कार्यक्रमको समयावधि समाप्त भइसकेको र नयाँ निर्वाचन मिति तथा पूर्ण कार्यतालिका सार्वजनिक नभएको अवस्थामा मताधिकार छनोट गर्न लागेको भन्दै ‘बी’ डिभिजनका क्लब असन्तुष्ट बनेका हुन्।
एन्फाले ‘बी’ डिभिजन क्लबका मताधिकार छनोट गर्न सोमबार क्लबहरूलाई बोलाएको थियो। क्लबहरूले संयुक्त रूपमा जारी गरेको पत्रमा स्पष्ट निर्वाचन मार्गचित्र र आधिकारिक मिति सार्वजनिक नगरी मताधिकार छनोट प्रक्रिया अघि बढाउनु उपयुक्त नहुने उल्लेख गरेका छन्।
‘एन्फा अर्डिनरी कंग्रेसको नयाँ मिति र निर्वाचनको पूर्ण कार्यतालिका विधिवत् रूपमा प्रकाशित नभएसम्म हामी यस मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं,’ विज्ञप्तिमा भनिएको छ।
असहमति जनाउने क्लबहरूमा आरसीटी क्लब, मध्यपुर युथ एशोसिएसन, सरस्वती युवा क्लब, ब्रिगेड ब्वाइज क्लब, वीरगञ्ज युनाइटेड क्लब, श्रीकुमारी क्लब, च्यासल युथ क्लब, खुमलटार युथ क्लब, बाँसबारी क्लब, झापा फुटबल क्लब, आरसी–३२ फुटबल एकेडेमी, बागमती युथ क्लब रहेका छन्।










%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)
