पोखरामा पुलिसमाथि साहाराको जित

पोखरा । आहा रारा पोखरा गोल्डकपमा आयोजक साहारा फुटबल क्लबले टाईब्रेकरमा पुलिसलाई हराएको छ ।
शनिबार पोखरा रंगशालामा निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि टाईब्रेकरमा साहाराले पुलिसलाई हराएको हो ।
खेलमा सुरुवाती अग्रता पुलिसले राम वाजीको गोलमा ४९ औं मिनेटमा लिएको थियो । दोस्रो हाफको ६१ औं मिनेटमा मुकुन्द कुमार न्युरेले गोल गर्दै साहारालाई खेलमा फर्काएका थिए ।
टाईब्रेकरमा साहाराले पुलिसलाई ६–५ को अन्तरमा हराउँदै जित निकाल्न सफल रह्यो । साहाराका लागि सनिश थापा, बिक्की राई, बिनय तामाङ, प्रसन्न श्रेष्ठ र तेही ड्यानियलले गोल गरेका थिए ।
पसलिसका लागि निरज खड्का, दशरथ गिरी, जोन विष्ट, अमित तामाङ र सञ्जिव लामाले गोल गरे । राम वाजीको प्रहार असफल भएको थियो ।
जित सहित साहारा प्रतियोगिताको क्वार्टरफाइनलमा पुुगेको छ ।
साहाराले अब सेमिफाइनल प्रवेशका लागि हङकङको गोर्खा एफसीसँग खेल्नेछ ।











