केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो
शुक्रबार, ०१ फाल्गुण २०८२खेलपाटी संवाददाता

पोखरा । पापा इबु केबे प्रेरित प्लानिङ ब्वाईज आरा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार पोखरा रंगशालामा प्लानिङले फ्रेन्ड्स क्लबलाई ४–० ले हराएको हो ।
खेलको ४५ औं मिनेटमा पहिलो गोल गरेका केबेले ५४ औं मिनेटमा दोस्रो र ८१ औं मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।
एलेक्स विलियमले २४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै प्लानिङलाई खेलमा अग्रता दिलाएका थिए ।
प्लानिङले अब सेमिफाइनल प्रवेशका लागि उज्वेकिस्तानको एभीए एफसीसँग खेल्नेछ ।
साहारा क्लब पोखराको आयोजनामा सञ्चालन भैरहेको प्रतियोगितामा विदेशी सहित १२ टिम सहभागी छन् ।
#aahararagoldcupaahararakhelpatifootballkhelpati











